घटना दर्ता (जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइसरार्इ) समयमै गराैँ । मापदण्ड बमाेजिम नक्सापास गरेर मात्र निर्माण कार्य गराैँ । सडकपेटी अतिक्रम गरी व्यापार व्यवसाय नगराैँ । सार्वजनिक स्थल, मठ मन्दिर, बाटाे घाटाेमा रगतजन्य पदार्थ तथा फाेहाेर नफाली वातावरण स्वच्छ राखाैँ । खाेला नालामा सेफ्टी ट्याङ्कीकाे निकास नपठाअाैँ । नगरपालिकाकाे विकास निर्माण कार्यमा सक्रिय सहभागी हाैअाैँ । अाफुले तिर्नुपर्ने कर दस्तुर समयमै बुझाअाैँ । प्लाष्टिक झाेलाकाे प्रयाेग नगराैँ । सार्वजनिक जग्गाहरुकाे स‌ंरक्षण गराैँ । नगरपालिकालाई नमुना नगर बनाउन अा-अाफ्नाे तर्फबाट पहल गराैँ ।

आठविसकोट नगरपालिकाको संक्षिप्त परिचय

आठविसकोट नगरपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठीत गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको छ नं. प्रदेश अन्तर्गतको रुकुम जिल्लामा पर्ने एक स्थानीय तह हो । साविकका स्यालाखदी, गोतामकोट, आठविसकोट, आठविसडाँडागाउँ, घेत्मा गा.वि.स. र साविकको मग्गा गा.वि.स.का वडा नं. ७ र ८ समायोजन भई यस नगरपालिकाको निर्माण भएको हो ।

Pages

आठविसकोट नगरपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाह,सुझाव र सहयोगको अपेक्षा गरिएको छ । आठविसकोट नगरपालिका भित्र कुनै गुनासा,सिकायत उजुरी, सल्लाह,सुझाव र सहयोगको लागि सम्पर्क नं. ९७४१३८९९६१ र ९७४८५८३१३८ मा फोन गर्नुहुन अनुरोध छ ।