प्रमुख समाचार
७ नं. वडा कार्यालय
आठविसकोट नगरपालीका वडा नं.७ को परिचय
रुकुम (पश्चिम) जिल्लाको उत्तर पशिचममा अवस्थित आठविसकोट नगरपालीकाको कार्यालय बाट करिब ३ किलोमिटर टाढा रहेको छ । यस वडाको उत्तरी क्षेत्रमा आठविसकोट नगरपालीकाको वडा नं.३ र बेसीमा रुकुमकै ठुला नदि मध्यको ठुलीभेरीनदी पर्दछ । यस वडा ठुलीभेरीको तिर देखि सुरु भएर उच्च हिउपर्ने क्षेत्र सम्म फैलीएको यो वडा सम्भावना बोकेको वडाको रुपमा पनि परिचित छ । यस वडा नंं ७ को पूर्वी भागमा वडा नंं ८, पश्चिममा ठूली भेरीको तिर संगै जाजरकोट जिल्ला र उत्तरमा आ.न.पा.को वडा नं.३ जलीगाँड गारकटेरा, दक्षिणमा वडा नंं.९ नगरपालीकाको कार्यालय भएको वडा पर्दछ ।
यस वडाको मुख्य व्यापारिक केन्द्रको रुपमा खारखारा, ढुङगीला, दाँजे बजार रहेको छ ।यस वडामा विद्युत,यातायात,सञ्चार, शिक्षा,रोजगारी जस्ता आधारभुत आवश्यकता बाट स्थानीय बासीहरु बञ्चित हुने गरेका छन् । यस वडामा विशेष गरी दलीत , क्षेत्री, जनजाती, ठकुरीको बसोबास रहेको छ । यस वडाको जनताको मुख्य पेशा कृषि तथा पशुपालन,बैदेशिक रोजगार र ज्याला मजदुरी रहेको छ । यस वडामा ३४५ घरधुरी रहेका छन भने वडाको कुल जनसंख्या २१४५ जना रहेको छ । यस वडाको बेशी फाँटहरुमा राम्रो कृषी उत्पादन धान, गहुँ, तरकारी, मासको दाल र पहाडी भेगमा मकै, कोदो, फापर, तोरी र उच्च पहाडि भेगमा स्याउ आलु खेति हुने भएकोले कृषी पकेट क्षेत्रको रुपमा बिकासको ठुलो सम्भावना बोकेको छ ।
 आ.न.पा. को वडा नं. ७ मा कुल जनसंख्या विवरण
महिला : ११२८
पूरुष : १०१७
जम्मा : २१४५
 आ.न.पा.वडा नंं ७ को भौगोलीक अवस्था
खेतियोग्य जमिन ३५४.४७ %
खोलानाला वनजङगल : ४१४८.६६%
जम्मा ४५०३.१३%
 आ.न.पा.वडा नंं ७.को शैक्षीक अवस्था
कुल साक्षेर : ८५%
पुरुष साक्षेर : ४५%
महिला साक्षेर : ४०%
    आ.न.पा.वडा नंं ७.मा भएका सरकारी तथा गैरसरकारी कार्यालयहरु
१) वडा कार्यालय         १ वटा
२) गाँउघर क्लिक         १ वटा
३)आ.बि.                 २ वटा
४) सुर्यदय बचत तथा सहकारी संस्था
५) कालीका महिला सहकारी
६) कृषी सहकारी
७) दलित बहुउद्दश्ये सहकारी
     ८) नागरिक सचेतना केन्द्र
    आ.न.पा.वडा नंं ७.को भौगोलिक स्वरुप :
आठविसकोट नगरपालीका वडा नं.७ रुकुम (पश्चिम) जिल्लाको पहाडी तथा वेशी भुभागमा पर्दछ । यस वडाको करिब आधा भाग फाँट ज्युलामा पर्दछ । अन्य भाग फाँट पहाडी क्षेत्रमा रहेको छ ।यहाँ लेखवेशी र खोलानाला छन ।  
    आ.न.पा.वडा नंं ७.को भौगोलीक वनावट 
भौगोलीक आधारमा यस वडालाई दुई भागमा बाँडन् सकिन्छ ।
१) पहाडी भाग ः धेरै भुभाग वन र भिरालोपन भएको हुनाले उब्जाउ र सिंचित जमिन कम मात्रामा रहेको छ । यस भाग अन्र्तरगत पाँगो माट पाईने भएकोले खास गरी मकै,तोरी,गहु, जौ, कोदो, फापर, आलु खेति उत्पादन हुन्छ ।
२) ज्युला वेशी ः  उत्पादनको मुख्य स्थान खारखारा,ढुङगीला,सिम्तारा, गोगनखेत,लगाएतका क्षेत्रहरु रहेका छन् । यहाँ धान,मास,गहु,चना र तरकारी खेतिको राम्रो उत्पादन हुन्छ ।
    आ.न.पा.वडा नंं ७.का अग्ला पहाडहरुः
      खामेलख,स्यालीगोठ
    आ.न.पा.वडा नंं ७.को वन जंगल तथा वन्य जन्तुहरु ः
यस वडाको ४१८.८८  हे. वन क्षेत्र र चरिचरण क्षेत्र खाली जमिन रहेको छ ।यस वडामा खेतियोग्य जमिन १०.२२ हे रहेको छ । यहाँ निम्ना किसिमका जडिबुटी,वँयजन्तु प्राणीहरु पाईन्छन ।
क)वन्यजन्तः यस वडाको जंगलमा घोरल,झाँरल,बाँदर,स्याल,भालू,र्सप,खरायो लगाएतका जनावर पाईन्छन ।
ख)जडीबुटीः यस वडाको वनमा सुनखरी,कुरिलो,खोटो,भलायो,बोझो,दालचिनी,रिठा,समायो,कटुको,सिलपारी आदी पाईन्छन ।
ग) प्राजाती ः यस वडामा पर्ने जंगलमा साज,खैयर,चिउरी,बाँज,राइज,सल्लो,निगालो,जमुनो, गुराँस,आदी प्रजातीका रुखहरु पाईन्छन ।
     पर्यटकिय स्थलहरु ः यस वडामा प्राकृतिकरुपमा सुन्दर तथा पर्यटकिय स्थलहरु भए पनि यसको प्रचारप्रसारको अभाव तथा संरक्षण संबद्र्वधन नहुदा लोप हुने अवस्थामा छन् ।यस्ता पर्यटकिय क्षेत्रहरुको संरक्षण,संबद्र्वधन गर्ने हो भने आठविसकोटको बिकासको पर्यटकको लागी एउटा आकार्षक गन्तव्य बन्न सक्छ । यस वडामा निम्ना पर्यटकिय क्षेत्र रहेका छन् । यस्ता पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसार भए आर्थिक विकास सगै प्रर्यटन प्रबद्र्वन हुने निस्चित छ । तर यस प्रति सरोकार वालानिकायको ध्यान जान नसकेको स्थानीयले जनाएका छन् ।
१) शाई ढुंगा मन्दिर तथा विद्वाश्रम ः जेष्ठ नागरिक मिलन केन्द्र वृद्वाश्रम डाँफे ढुङगीलामा पर्दछ । यस मन्दीरको आसपासमा र्सप शिव पार्वती,रामायन,गाई,खुकुरी लगाएतका ढुङगामा मुर्तीका आकार रहेका छन यस मन्दीरमा कार्तिक एकादसीका दिनमामेला तथा भक्तजनहरु जम्मा भएर पुजाआजा गर्ने प्रचलन छ । प्रत्येक एकादसीमा भजन कृतन गर्ने भक्तजन जम्माहुने गर्दछन यसै स्थानमा २ कोठे २ वटा वृद्वाश्रम भवन निमाण भइ सन्चालन अवस्थामा रहेका छन् ।
२)कुरीपानी ः यस वडाको दाँजे वस्तीमा पर्ने कुरेपानी कुवा रहेको छ । करिब १० मिटर तल झरे पछि निश्चित भाँडामा पानी राखेझै कुवा रहेको छ । कुरेपानी पाथी जस्तो आकारमा रहेको र सधै एकैनास रहेको छ ।
क्षेत्रफल ः- १५.११ वर्ग कि.मी.
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    