प्रमुख समाचार
सूचना तथा समाचार
*रोजगारीको अवसर*
आठविसकोट नगर कार्यपालिकाबाट २५ शैयाको नगर अस्पताल स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि, २०७५ र आठविसकोट नगर अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७५ पारित भएसँगै नगर अस्पतालको लागि स्वीकृत दरवन्दीमध्ये देहायका पद र संख्यामा करार सेवामा खुला विज्ञापनबाट कर्मचारी भर्ना गर्ने निर्णय भएको व्यहोरा जानकारी गराउँदछौं ।
यस नगरपालिकाको लागी छुट्याइएको पुर्ण छात्रवृत्ति कोटामा विभिन्न प्राविधिक विषयमा पढ्न इच्छुक नगरपालिका भित्रका SEE उत्तीर्ण भाईबहिनीहरुले यथाशीघ्र छात्रवृत्तिका लागी आवेदन फारम भर्नु हुन अनुरोध गरिन्छ ।
विषय ः विवरण उपलब्ध गराईदिने सम्बन्धमा ।
श्री सबै वडा कार्यालय,
आठविसकोट नगरपालिका, रुकुम (पश्चिम) ।
प्रस्तुत विषयमा आ.व. २०७४/०७५ मा तहाँ वडाबाट सम्पादन भएका मुख्य–मुख्य कार्यक्रमरक्रियाकलापहरुको विवरण सूचीकृत गरी ५ (पाँच) दिनभित्र यस कार्यालयमा उपलब्ध गराईदिनुहुन अनुरोध छ । नगरपालिकाको वार्षिक स्मारिका (जानकारीमुलक पुस्तिका) निर्माण प्रयोजनको लागि विवरण माग गरिएकाले तोकिएको अवधिभित्र विवरण प्राप्त नभएमा वडाको विवरण स्मारिकामा नसमेटिने व्यहोरा समेत जानकारी गराईन्छ ।
राम बहादुर के.सी.
नि. प्रमुख प्रशासकीय अधिकृत
राजस्व दाखिला गर्ने सम्बन्धी सूचना
(प्रकाशित मिति ः २०७५/०३/२९)
आ.व. २०७४/०७५ मा मालपोत वापतको रकम बुझाउन बाँकी करदाता सेवाग्राहीले यहि मिति २०७५ असार मसान्तसम्म कर दाखिला नगरेमा आ.व. २०७५/०७६ मा २० प्रतिशत जरिवाना सहित कर तिर्नुपर्ने भएकाले सबैको जानकारीको लागी यो सूचना प्रकाशन गरिएको छ । सूचनामा उल्लेख भए अनुसार तोकिएको अवधीभित्र कर दाखिला गरी जरिवानाबाट बच्नुहुन समेत अनुरोध छ । थप जानकारीको लागि सम्बन्धीत वडा कार्यालय वा नगरपालिकामा सम्र्पक गर्नुहुन अनुरोध गरिन्छ ।